काठमाडौं, एजेन्सी - ब्रिटेनमा मंगलबारदेखि कोरोना भ्याक्सिन दिने काम सुरु हुँदैछ । करिब ५० अस्पतालमाबाट भ्याक्सिनेशन सुरु गर्ने तयारी रहेको छ  । फाइजर कम्पनीले बेल्जियमबाट ब्रिटेनलाई भ्याक्सिन डेलीभरी गरिसकेको छ ।

पहिलो चरणमा वृद्धहरुलाई कोरोना भ्याक्सिन दिने तयारी रहेको छ । रिपोर्टका अनुसार इंग्ल्याण्ड, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्समा भ्याक्सिन दिने तयारी पुरा भएको छ ।

८० वर्षभन्दा बढीका मानिसहरुलाई अस्पतालमा कोरोना भ्याक्सिन लगाउन बोलाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।

हेल्थकेयर कामदारहरुलाई भने कुनै पनि समयमा कोरोना भ्याक्सिन दिन मिल्ने तयारी गरिएको छ । उनीहरुलाई समय बुकिंग गर्नु नपर्ने मिडिया रिपोर्टमा उल्लेख छ ।