बाढीले कान्ति लोकपथ सडक अवरुद्ध
खबर एक्सप्रेस
२०८२-०२-११ ०७:४१ मा प्रकाशित
Total Shares: 121
हेटौंडा - वर्षाका कारण बागमती खोलामा आएको बाढीले कान्ति लोकपथ अवरुद्ध भएको छ ।
कान्ति लोकपथ सडक खण्डको बागती खोलामा रहेको पुलको साइडमा भरिएका ग्राभेल बाढीले बगाएर लगेपछि कान्ति लोकपथ शुक्रबार बेलुकादेखि अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार भीमफेदी गाउँपालिका—८ र ललितपुरको बागमती गाउँपालिका—२ को बीचमा रहेको बागमती पुलको दुवैतर्फको साइडमा भरिएको माटो र ग्राभेल शुक्रबार बेलुका परेको पानीका साथै बागमती खोलामा आएको बाढीले बगाएर लगेका कारण कान्ति लोकपथ बेलुका ८ बजेदेखि अवरुद्ध भएको छ ।
बाटो खुलाउन स्थानीयवासी, इप्रका ठिंगनका प्रहरी र सडक विभागले प्रयास गरिरहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस