अमेरिकाको राष्ट्रपतीय निर्वाचन: बाइडेन अघिअघि, ट्रम्प पछिपछि, को बन्ला नयाँ राष्ट्रपति?
खबर एक्सप्रेस
२०७७-०७-२० ०७:५९ मा प्रकाशित
Total Shares: 809
काठमाडौं,एजेन्सी - अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प र जो बाइडेनबीच कडा टक्कर देखिएको छ ।
द एसोसियट प्रेसका अनुसार समाचार तयार पार्दासम्म बाइडेनले २ सय ६४ इलेक्ट्रोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २ सय १४ इलेक्ट्रोरल मत पाएका छन् । हालसम्म बाइडेनले ५०.३ प्रतिशत र ट्रम्पले ४८.१ प्रतिशत मत पाएका छन् ।
निर्वाचनमा जीत हात पार्नका लागि कुल ५ सय ३८ मध्ये स्पष्ट २ सय ७० इलेक्ट्रोरल मत आवश्यक हुन्छ । हालसम्म अधिकांश राज्यको मतगणनाको परिणाम आइसकेको छ ।
दुवै उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको दावी गर्दै आइरहेका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस