काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गरेका छन् । बुधबार बिहान एक ट्वीट गर्दै नेता रावलले उक्त कुरा बताएका हुन् ।

रावलले भनेका छन्, ‘नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो । बैठकबाट समस्याको समाधान खोज्नुपर्छ । फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं ।’

बुधबार नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालय बैठक संचालन गर्न लागेको बेला नेता रावलले भने उक्त आग्रह गरेका हुन् ।

गत शुक्रबार अध्यक्ष ओली पनि सचिवलाय बैठकमा सहभागी भई बुधबार (आज) बालुवाटारमा दिउँसो १ बजे अर्को बैठक बस्ने निर्णयमा सहमती जनाए पनि ओलीले सोही मिति, स्थान तथा समय जुधाएर मन्त्रिपरिषद् बैठक डाकिनु राम्रो नभएको भन्दै पर्यटनमन्त्री समेत रहेका योगश भट्टराईले एक ट्वी गर्दै सर्वाधिक कठिन समय भएको बताएका छन् ।