प्रधानमन्त्री ओली चितवनमा
खबर एक्सप्रेस
२०७७-१०-१७ ०३:३२ मा प्रकाशित
Total Shares: 486
काठमाडौं - चितवनमा हुने शिलान्यास कार्यक्रम र जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली चिवतन पुगेका छन् ।
चितवन पुगेर उनले पुल्चोक–गोन्द्राङ ६ लेनको सडक विस्तारको शुभारम्भ गरेका छन् । उनको चितवनमा कार्यक्रम तय भएसँगै स्वागत कार्यक्रम रहेको थियो । त्यस्तै नेकपा प्रचण्ड खेमाले उनको विरोध समेत गरेका थिए ।
त्यस्तै भरतपुरमा निर्माण हुन लागेको सिटी हलको शिलान्यास कार्यक्रममा सहभागी भएर शिलान्यास गरेका छन् ।
चितवनमा आयोजना हुने आमसभामा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायका नेताहरू पनि उपस्थित हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस