काठमाडौं - ग्रेटर नेपाल अभियानका अभियन्ता फणीन्द्र नेपाल उच्च अदालतको आदेशपछि डिल्लीबजार कारागारबाट रिहा भएका छन् ।
चेक अनादर मुद्दामा दोषी ठहर भएपछि उनी दुई वर्ष कैद सजाय भोग्न डिल्लीबजार कारागार चलान भएका थिए । युवराज खत्रीको जाहेरीका आधारमा दायर भएको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले २०७९ जेठ २५ गते नेपाललाई कैद गर्ने फैसला सुनाएको थियो।
फैसलाविरुद्ध फणीन्द्र नेपालले उच्च अदालतमा पुनरावलोकनका लागि निवेदन दिएका थिए। त्यसअघि प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई जेठ २५ गते पक्राउ गरेको थियो।
पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले पैतृक सम्पत्तिबाट आर्थिक कारोबार मिलाउने व्यवस्था गर्न आदेश दिएपछि नेपाल थुनामुक्त भएका हुन्।

.gif)


