चितवनमा कोरोनाबाट मृत्यु भएका पुरुषको शव गाडेर अन्त्येष्टि गरियो
खबर एक्सप्रेस
२०७७-०२-२७ ०४:४६ मा प्रकाशित
Total Shares: 398
चितवन - चितवनकाे भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएका कोरोना संक्रमित पुरुषकाे शव देवघाट नजिकै बागेश्वरि जंगलमा गाडेर अन्त्येष्टि गरिएको छ । नेपाली सेनाकाे कालिवहादुर गणले शवकाे व्यवस्थापन गरेकाे हाे ।
गुरङ समुदायकाे रिति अनुसार परिवारका सदस्यसमेत केही टाढा उपस्थित भएर शवको अन्तिम संस्कार गरिएको जनाइएकाे छ । भरतपुर ११ का ६८ वर्षीय पुरुषकाे आज बिहान उपचारको क्रममा मृत्यु भएकाे थियाे ।
उनलाई हिजाे राति स्थानीय नारायणी सामुदायिक अस्पतालबाट जवर्जस्ती भरतपुर अस्पताल सारिएको थियाे। आज बिहान ७ बजेर ५ मिनेटमा उनकाे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस