सर्लाहीमा भारतीय नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु
खबर एक्सप्रेस
२०७९-०९-२१ १०:५१ मा प्रकाशित
Total Shares: 290
काठमाडौं-सर्लाहीमा भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको छ।
सर्लाहीको पर्सा गाउँपालिका –२ की ७५ वर्षीया नथुनी बैठाको मृत्यु भएको हो।
बुधबार साँझ पर्सा –२ संग्राम स्थित भित्री सडकखण्डमा बी.आर ०१ बी ५९१७ नम्बरको मोटरसाइलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बैठाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
फेसबुक पेज Like गर्नुहोस