पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, आक्रमण गरे छाड्दैनौँ : एस जयशंकर
खबर एक्सप्रेस
२०८२-०१-२५ ०६:१३ मा प्रकाशित
Total Shares: 87
एजेन्सी-भारतीय विदेशमन्त्री एस. जयशंकरले पाकिस्तानले आक्रमण गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएका छन् ।
बिहीबार ईरानसँगको कूटनीतिक वार्ताका क्रममा ‘अपरेशन सिन्धूर’ को जानकारी दिँदै उनले सो चेतावनी दिएका हुन् ।
भारतले केवल आतंकवादी ठेगानाहरूलाई मात्र निशाना बनाएको उनको दाबी छ ।
उनले भने, ‘हामी पाकिस्तानसँगको तनाव बढाउन चाहँदैनौं, तर यदि पाकिस्तानले हमला गर्छ भने त्यसको जवाफ दिनेछौं ।’
यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच विशेष बैठक बसेको थियो ।
फेसबुक पेज Like गर्नुहोस