भारतले गर्यो पाकिस्तानसगं युद्धविराममा सहमति पुष्टि
खबर एक्सप्रेस
२०८२-०१-२७ ०७:३१ मा प्रकाशित
Total Shares: 14
काठमाडौं - भारतका विदेशसचिव विक्रम मिश्रीले आफ्नो देश र पाकिस्तानले युद्धविराममा सहमति जनाएको पुष्टि गरेका छन् ।
उनले पत्रकार सम्मेलनका क्रममा स्थानीय समयानुसार शनिबार (मे १०) साँझ ५ बजेदेखि युद्धविराममा सहमति लागु भइसकेको हो ।
उनका अनुसार, पाकिस्तानका सैन्य अपरेसन महानिर्देशक (डीजीएमओ)ले स्थानीय समयानुसार शनिबार दिउँसो आफ्नो भारतीय समकक्षीसँग फोनवार्ता गरेका थिए ।
त्यसक्रममा भारतीय समयानुसार साँझ ५ बजेदेखि दुवै पक्षले ‘सबै गोलाबारी र सैन्य कारबाही रोक्ने’ सहमति भएको थियो । दुई देशका महानिर्देशकले सोमबार फेरि छलफल गर्ने तय भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस