प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
काठमाडौं - प्रदेश १ सरकारका तीन मन्त्रीले राजीनामा दिएका छन् ।
शनिबार मुख्यमन्त्री शेरधन राईले अर्थमन्त्री इन्द्र आङ्बोलाई बर्खास्त गरेसँगै आइतबार सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री राईले नेकपा संस्थापन पक्ष (अध्यक्षद्वय प्रचण्ड-नेपाल) का अर्थमन्त्री आङ्बोलाई आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउने आशंकामा बर्खास्त गरेका थिए । आज पनि संस्थापन पक्षकै ३ मन्त्रीले राजीनामा दिएका हुन् । मुख्यमन्त्री राई भने नेकपा ओली समूहका हुन् ।
मुख्यमन्त्री राईविरुद्ध आज नै अविश्वासको प्रस्ताव दर्ता गर्ने बताइएको छ । कुल ९३ सीट रहेको प्रदेश सभामा नेकपाका मात्रै ६७ सांसद थिए । पार्टी विभाजनपछि ओली समूहमा रहेका शेरधन राईको पक्षमा २२ जना मात्रै छन् भने प्रचण्ड–माधव पक्षमा ४० भन्दा बढी सांसद छन् ।
राजीनामा पत्र-


.gif)



फेसबुक पेज Like गर्नुहोस