काठमाडौं - सप्तकोशी नदीमा खसेको बसका सबै यात्रुलाई बाहिर निकालिएको छ ।

सुनसरी प्रहरीका अनुसार चालक र सहचालकसहित अहिलेसम्म २० जनाको उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

बिहीवार साँझ बिराटनगरबाट गाईघाट जाँदै गरेको १ ख ४६०१ नम्बरको यात्रुबाहक बस कोशी ब्यारेजबाट नदीमा खसेको थियो ।

कोशी ब्यारेजको ३४ र ३६ नम्बर ढोकाको बीचबाट बस नदीमा खसेको प्रहरीले जनाएको छ ।