कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, भोलि ११ बजे बस्ने
काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
आइतबार दिउँसो १ बजे केन्द्रीय पार्टी कार्यालय सानेपामा बैठक बोलाएको हो ।
बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सीटको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पेसगर्ने तयारी रहेको छ ।
समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनौटका लागि बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा भोलि नाम टुङ्गो लगाउने र आयोगमा पेश गर्ने प्रक्रिया सम्बन्धमा छलफल हुने जनाइएको छ ।
यस्तै काँग्रेसले चैत पहिलो सातासम्म केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस