ओलीकै कारण राजावादी सडकमा आए :देउवा
खबर एक्सप्रेस
२०७७-०८-२९ ०३:४६ मा प्रकाशित
Total Shares: 425
काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकै कारण राजावादी सडकमा आएको बताएका छन् ।
मकवानपुरको हेटौंडामा विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै देउवाले सरकारकै कारण सडकमा राजा आऊ, देश बचाऊको नारा लागेको आरोप लगाएका हुन् । ‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । त्यो कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो’ उनले भने ।
यस्तै, देउवाले राजतन्त्र फर्किने भ्रममा नपर्न पनि आग्रह गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस