मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् एजेन्डा
खबर एक्सप्रेस
२०८२-०१-२५ ०७:५१ मा प्रकाशित
Total Shares: 104
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो ।
बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
कार्यकाल सकिनु १ महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि अघिल्ला गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्नसकेको छैन।
फेसबुक पेज Like गर्नुहोस