जाजरकोट - जाजरकोट भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी एक सुत्केरी महिलाको चिसोबाट मृत्यु भएको छ ।

जिल्लाको नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको हो । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ ।

स्थानीय टेकबहादुर नेपालीले चदाराको गएराति चिसोबाट मृत्यु भएको जानकारी दिए । चदाराले छोरीको जन्म दिएकी थिइन् ।