काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय समितिमा ३१ जनालाई मनोनयन गरेका छन्। महाधिवेशनबाट निर्वाचित लिङ्देनले बिभिन्न नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।

लिङ्देनले बिभिन्न जिल्लाका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्। मनोनित हुनेहरुमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तीमगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा लगायत रहेका छन्। 

महाधिवेशनको निर्वाचन प्रक्रियामा भाग नलिएका बरिष्ठ र युवा नेताहरुलाई कार्य समितिमा मनोनयन गरिएको हो। केन्द्रीय सदस्य मोहन कुमार श्रेष्ठका अनुसार विधान अनुसार अध्यक्षले पहिलो चरणमा सबै पुस्ता र समावेशी मिलाएर मनोनयन गरेका हुन्।