काठमाडौं-क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सोमबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंमा सोमबार सुनुवाइ हुने भनिएको थियो । तर, न्यायाधीशको बढुवा, सरुवा र हरितालिका तीजका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो । 

बलात्कार अभियोग लागेको सन्दीपविरुद्ध मुद्दाको सुनुवाइको अर्काे मिति तोकिएको छैन ।  सो मुद्दाको सुनुवाइ विभिन्न कारण देखाउँदै स्थगित हुँदै आएको छ भने फैसलाका लागि सुनुवाइ हुन सकिरहेको छैन ।