काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सर्वोच्चले संविधानका सजिलो बाटोबाटै फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ सुरु हुनुअघि यस्तो अपेक्षा गरेका हुन् ।

‘आजदेखि सबैको आँखा सर्वोच्च अदालततिर हुनेछ,’ उनले बुधबार बिहान ट्वीट सन्देशमा भनेका छन्, ‘ओलीको गैरसंवैधानिक कदम सच्याउने र नेपाली जनताले इतिहासमा पहिलो पटक संविधानसभामार्फत् निर्माण गरेको संविधान र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी लोकतन्त्रको रक्षा गर्ने सजिलो बाटो सम्मानित अदालतको निर्णय हुनसक्छ । अरू बाटो रोज्न नपरोस् ।’