काठमाडौं - सर्वोच्च अदालतले प्रधानमन्त्री शर्मा ओलीलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अदालतको अवहेलना मुद्दामा सुनुवाइ गर्दै प्रधानमन्त्री ओलीलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस गरिरहेका वकिलप्रति अपमानजनक अभिव्यक्ति दिएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।