पोखरा विमानस्थलको छानबिनमा पूर्ण सहयोग हुन्छ : माओवादी
खबर एक्सप्रेस
२०८२-०१-१९ १२:३८ मा प्रकाशित
Total Shares: 116
काठमाडौं-नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भनिएको अनियमितताको छानबिनका लागि माओवादी पार्टीले सरकारलाई पूर्ण सहयोग गर्ने बताएका छन् ।
शुक्रबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितताको न्यायिक छानबिन हुनुपर्ने उनले बताए ।
उनले भने ,‘सरकारले चालेका असंवैधानिक गतिविधिमा मात्र हामी प्रतिपक्ष बन्छौं । सुशासन, राष्ट्रियताका मुद्दा र व्यवस्थाको विषयमा हामी सरकारसँग प्रतिपक्ष हौं भनेका छैनौं ।’

.gif)



फेसबुक पेज Like गर्नुहोस