काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीमा स्वच्छता, निष्पक्षता र पारदर्शिता हुनुपर्ने बताएका छन् ।

अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अपराधीलाई तत्काल नियन्त्रणमा लिन प्रहरी नयाँनयाँ प्रविधिसहित स्रोत साधनसम्पन्न हुनुपर्ने बताएका हुन् ।

त्रृटिरहित अनुसन्धानले नै न्याय निरुपणका लागि बाटो देखाउने उनको भनाई थियो ।

न्यायपूर्ण समाज सिर्जना गर्न समयानुकूल कानुनको निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताए ।

अनुसन्धान र अभियोजनलाई प्रविधिको प्रयोगसहित प्रमाणयुक्त र प्रभावकारी बनाएर न्याय निरुपणमा सघाउन ओलीले आग्रहसमेत गरे ।