पूर्वप्रधानमन्त्री नेपालमाथिको मुद्दाको सम्मानपूर्वक निरुपण गरिनुपर्छ : गगन थापा
खबर एक्सप्रेस
२०८२-०२-२४ ०२:२२ मा प्रकाशित
Total Shares: 7
काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धानले दायर गरेको भ्रष्टाचारको मुद्दाको बारेमा कुनै टिप्पणी नगर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपालमाथि आयोगले चलाएको मुद्दा अब अदालतको विषय भइसकेकाले सम्मानपूर्वक निरुपण गरिनुपर्ने बताएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा बिहिवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस