बीबीसीको प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना मगर
खबर एक्सप्रेस
२०७७-०८-०९ ०१:२९ मा प्रकाशित
Total Shares: 676
काठमाडौं - बीबीसीले सन् २०२० को '१०० प्रभावशाली महिला'को सूचि सार्वजनिक गरेको छ । उक्त सूचिमा नेपालकी १९ वर्षीया सपना रोका मगर परेकी छिन्।
बीबीसीले प्रत्येक वर्ष 'बीबीसी १०० विमिन' कार्यक्रमअन्तर्गत महिलाकेन्द्रित समाचारलाई विशेष महत्वका साथ प्रकाशित गर्छ। यही अवसरमा विश्वभरि विशेष योगदान दिने १०० महिलाको नाम प्रकाशित गर्ने गरेको छ।
म्याग्दीमा जन्मेकी सपना बेवारिसे शव व्यवस्थापनमा संलग्न छिन्। बीबीसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोना भाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।
फेसबुक पेज Like गर्नुहोस