काठमाडौं - विश्वभर महामारीको रुप लिएको कोभिड १९ अर्थात् नोभल कोरोना भाइरसको उद्गम स्थल चीनको वुहान सहर सामान्य अवस्थामा फर्किएको छ । कोरोनाविरुद्ध चीनले गरेको कदमका कारण अहिले कोरोना झन्डै शून्य भएको छ ।

पछिल्लो २४ घण्टामा वुहान सहरमा संक्रमित र मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । केहि दिनदेखि उल्लेखनिय रुपमा घटेको उक्त भाइरस बिहिबार शून्य भएको हो ।

यस्तै, चीनको सबै राज्यमा फैलिएको कोरोना अहिले ८ राज्यमा मात्र यसको संक्रमित रहेको सिन्ह्वाले जनाएको छ ।

अहिले वुहानमा करिब ६ हजार मात्र बिरामी अस्पतालको बेडमा छन् भने पछिल्लो २४ घण्टामा ८ सय जना डिस्चार्ज भएका छन् ।