काठमाडौं-संखुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । 

अरुण तेस्रोको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंका ल्याइएको हो ।