टेलिप्रिजेन्स बैठक विवादमा: गोपनीयता र सुरक्षामा प्रश्न
खबर एक्सप्रेस
२०७६-०५-११ ११:०० मा प्रकाशित
Total Shares: 684
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद् बैठक सञ्चालन गरेको विषय विवादमा परेको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपकपाकै नेताले समेत यो विषयलाई ‘डाटा सेक्युरिटी’ र सार्वभौमसत्तासँग जोडेर प्रश्न उठाएका हुन् ।
प्रधानमन्त्री उपचार गर्न सिंगापुर गएकाले सोमबार उनले ‘टेलिप्रिजेन्स’मार्फत मन्त्रिपरिषद्को नियमित बैठक गरेका थिए ।
यो विषयले मुलुकको गोपनियता भंग हुने भन्दै प्रतिनिधिसभा बैठकै कांग्रेसले विरोध जनाएको हो ।
कान्तिपुरबाट
फेसबुक पेज Like गर्नुहोस