काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिपरिषद्का रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा रक्षामन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् ।

रक्षामन्त्री रिजालले नेपालको संविधानको धारा ७७ बमोजिम मन्त्रीपदबाट राजिनामा दिएका हुन् । उनले नेपाली कांग्रसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्री पदबाट राजिनामा प्रधानमन्त्री देउवालाई बुझाएका थिए ।