मन्त्रालयका लागि पर्याप्त बजेट नपुगेको गृहमन्त्री गुरुङको गुनासो
काठमाडौं - गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजित नभएको गुनासो गरेका छन् ।
बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् ।
गृहमन्त्री गुरुङले सुशासन कायम गर्न, विपद् व्यवस्थापन तथा लागुऔषध नियन्त्रण जस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतको अभाव रहेको उल्लेख गरे ।
मन्त्री गुरुङले बजेटको सिलिङभन्दा २० अर्ब रुपैयाँ थप ल्याउन आफूले धेरै मेहनत गरेको भएपनि त्यो अझै पर्याप्त नभएको बताए ।
प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिँदै उनले भने- 'मन्त्रालयसँग बजेटको अभाव छ । हामीलाई चुनौतीपूर्ण काममा पठाइएको छ तर साधनस्रोत भने अत्यन्तै न्युन छ । संसद्मा माननीयज्यूहरूले एक पटक पहल गरिदिनुभयो भने बजेट थपिन्थ्यो कि भन्ने आशा छ ।'
मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा सुरक्षा र जनहितका कामहरू सोचेजस्तो हुन नसकेको मन्त्री गुरुङले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस