राष्ट्रिय सभामा पनि प्रमुख प्रतिपक्षले मागे गृहमन्त्रीको राजीनामा
खबर एक्सप्रेस
२०८२-०२-१५ ०३:४९ मा प्रकाशित
Total Shares: 37
काठमाडौं-राष्ट्रिय सभाको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद गोपीबहादुर अछामीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिएकाले लेखकले राजिनामा दिनु पर्ने बताएका छन् ।
भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीका घटनाको अनुसन्धानमा सघाउन राजीनामा दिन उनले माग गरे ।
गृहमन्त्रीले राजीनामा नदिए राष्ट्रिय सभाको बैठक समेत चल्न नदिने अछामीको चेतावनी छ ।
यता, भिटिज भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएपछि विपक्ष दलका सांसदहरुले राजीनामा माग गर्दै प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस