काठमाडौं - ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्रका घरहरूमा निर्माण गरिएका अनधिकृत संरचना हटाउन थालेको छ ।

विशेष गरी मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगर  प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

आजबाट यस्ता संरचना हटाउन थालिएको अब निरन्तर यी काम हुन उनले बताए । आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थाइएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने उनले बताए ।