अपडेट : ओखलढुंगा पहिरोमा एकै परिवारका ४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०८०-०३-०८ १२:१५ मा प्रकाशित
Total Shares: 151
काठमाडौं-ओखलढुंगाको चम्पादेवी गाउँपालिकामा घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। बिहिबार राती भारी वर्षासँगै गएको पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
चम्पादेवी गाउँपालिका वडा नम्बर –८ विलन्दुमा बिहीबार राति पहिरोले घर पुरेको हो। पहिरोले घर पुर्दा ३६ वर्षीय रणबहादुर गुरुङ, उनकी श्रीमती २९ वर्षीया शिवमाया गुरुङ, छोरा १० वर्षीय दिनेश गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
पहिरोका कारण सोही स्थानका अन्य केही घरहरु पनि भत्किएका प्रहरीले जानकारी दिएको छ। ती घरका सदस्यहरुले भने भागेर ज्यान जोगाएका थिए।
फेसबुक पेज Like गर्नुहोस