काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी पुनर्निमाणमा जुट्न आह्वान गरेका छन्। 

निर्वाचन पार्टीले बेहोरेको सर्मनाक हारपछि इतर समूहले सभापति गगनकुमार थापाको राजीनामा मागिरहेका वेला उनले यस्तो आग्रह गरेका हुन्।

उनले बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको भएको उल्लेख गरेका छन्।

'अबको समय पार्टी पुनर्निर्माणमा जुटौं। बाटो हेरेर आक्रमण गर्ने काम त विरोधीहरूको हो। फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा कांग्रेस विजयी हुने चालिसेको भनाइ छ। फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौं,' उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

फेरि पनि निर्वाचन हुने र आगामी निर्वाचनमा काँग्रेस विजयी हुने प्रवक्ता चालिसेको भनाइ छ ।