मन्त्रिपरिषद्मा व्यापक हेरफेर, कसलाई कुन मन्त्रालय ?
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल हेरफेर र विस्तार गरेका छन्।
प्रधानमन्त्रीले संसद भंग गरेपछि सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए। त्यसैले प्रधानमन्त्री ओलीले रिक्त रहेको मन्त्रालयमा आज मन्त्री थप गरेका हुन्।
साथै, नवनियुक्त मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्नुका साथै वहालवाला मन्त्रीहरुको मन्त्रालयमा पनि व्यापक हेरफेर गरेका छन्।
आज थपिएका मन्त्री :-
टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिंचाई)
प्रभु साह (शहरी विकास)
गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)
मणि थापा (खानेपानी तथा सरसफाई)
दाबा लामा (युवा तथा खेलकूद)
प्रेम आले (वन तथा वातावरण)
जुली महतो (महिला तथा ज्येष्ठ नागरिक)
विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)
मन्त्रालय हेरफेर भएका:-
हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या)
कृष्णगोपाल श्रेष्ठ (शिक्षा, विज्ञान तथा प्रबिधि)
भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन)
पदमा अर्याल (कृषि तथा पशुपंक्षी)
शिवमाया तुम्बाहाङफे (भूमि सुधार)
लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)
फेसबुक पेज Like गर्नुहोस