संसद विघटन लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरौं : डा. भट्टराई
काठमाडौं - जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर गैरजिम्मेवारीपूर्ण हर्कत गरेको बताएका छन् ।
उनले भनेका छन्, ‘यो लोकतन्त्रको मर्मविपरीत छ, संविधानको प्रावधान विपरीत छ । दुई तिहाई नजिकको नेकपाको सरकार बन्दा पनि प्रधानमन्त्रीले गैरजिम्मेवारी पूर्ण हर्कत गरेको आरोप यो लोकतन्त्रको हितमा छैन, सबैतिरबाट प्रतिवाद गरिनुपर्छ ।’
पुर्वप्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले सरकारको यो कदमले हिजो संविधानसभाबाट ल्याएको सुधारिएको ससदीय प्रणालीको धज्जी उडाएको आरोप लगाए । ‘नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरता कायम गर्नकानिम्ति प्रतिनिधि सभाको कार्यकाल पाँचवर्ष कायम गरेका थियौँ । विगतको अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद विघटन गरेर अस्थिरता निम्त्याउन नदिने प्रावधान राखेका थियौँ, त्यसविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष प्रस्तुत गरेको खबर प्राप्त भएको छ, यो अन्त्यन्त दुखद छ । यसले हिजोकै अस्थिरता निम्त्याएर हामीले जुन संविधानसभाबाट सुधारिएको पणाली ल्ययौँ त्यसको धजज्जी उडाएको छ,’ उनले भनेका छन् ।
फेसबुक पेज Like गर्नुहोस