राष्ट्रियसभामा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस
काठमाडौं - राष्ट्रिय सभा सचिवालयमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ । सांसद रामनारायण बिडारीले आइतबार अस्वीकार प्रस्ताव दर्ता गराएका हुन् ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेका थियो ।
‘उक्त अध्यादेश नेपालको संविधानको धारा ११४ बमोजिम पहिला पनि जारी भई फिर्ता भएको र संसद्को अधिवेशन ६ महिनाभित्रै बोलाउनुपर्नेमा सो नगरी अध्यादेश जारी गरी संसद् छल्ने काम भएको, धारा २८४ को प्रावधानअनुरूप मुलुकको उच्चपदस्थ पदाधिकारीहरू रहने व्यवस्था र तिनीहरूबाट महत्वपूर्ण राज्यका अंगमा नियुक्ति हुने व्यक्ति–पदाधिकाीबारे निर्णय गर्ने अवस्थामा तात्विक असर पर्ने गरी संविधानको उक्त धाराको उद्देश्यमा नै प्रहार हुने भएकाले राष्ट्रिय सभा नियमावलीको नियम ८९ बमोजिम अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस गर्दछु ।’ प्रस्ताव पत्रमा भनिएको छ ।
मंसिर ३० गते राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद्सम्बन्धी अध्यादेश’ जारी गरेकी थिइन् ।
प्रस्ताव पत्र:-
फेसबुक पेज Like गर्नुहोस