मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ स्थगित
खबर एक्सप्रेस
२०८२-०१-१९ ११:३० मा प्रकाशित
Total Shares: 66
काठमाडौं-मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।
आज १० बजेका लागि तय गरिएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको हो ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम समेत स्थगित भएको छ ।
आजको बैठकले गभर्नर नियुक्तिको निर्णय गर्ने सम्भावना थियो। एक्कासी बैठक स्थगित गरिएको छ।
सत्तारुढ दलबिच गभर्नर नियुक्तिको विषयमा अझै समझदारी नहुँदा बैठक रोकिएको आशंका गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस