थप ३२३ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार नाघ्यो
खबर एक्सप्रेस
२०७७-०२-२७ ०३:४६ मा प्रकाशित
Total Shares: 390
काठमाडौं - नेपालमा थप ३२३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ ।
जसमा ५ सय ८४ जना निको भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस