बारामा दुई बालकको घाँटी रेटेर हत्या
खबर एक्सप्रेस
२०७८-०२-०४ ०१:२१ मा प्रकाशित
Total Shares: 488
काठमाडौं,वीरगंज - बारामा दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ।
कलैया–७ का ९ वर्षीय उसमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको शव मंगलबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृत फेला परेका ती बालक दाजुभाई हुन् ।
बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा मंगलवार विहान उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ । ती बालकका बुवा वैदेशिक रोजगारीमा छन्।
प्रहरीले अनुसन्धानका लागि तालिम प्राप्त कुकुर लिएर घटनास्थलमा पुगेको छ । अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । अहिले अनुसन्धान भैरहेको र विस्तारै घटनाको विस्तृत विवरण आउने प्रहरीले जनाएको छ।
फेसबुक पेज Like गर्नुहोस