दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा झडप : दुई प्रहरी घाइते, १६ सेल अश्रुग्यास प्रहार
खबर एक्सप्रेस
२०८०-०७-०८ १०:२४ मा प्रकाशित
Total Shares: 337
सर्लाही - सर्लाहीमा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ ।
सदरमुकाम मलंगवामा स्थानीयले मुस्लिम वस्ती हुँदै जाने रुटबाट लैजान खोजेपछि झडप भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् भने अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।
मलंगवाको जिविस चोकमा गरिएको दुर्गा पूजाको मुर्ति सेलाउन लैजान प्रशासनले रुट निर्धारण गरेको थियो ।
विगतमा मुर्ति विर्सजनको क्रममा भएको विवादलाई मध्यनजर गर्दै प्रशासनले रुट निर्धारण गरेको थियो । अहिले अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस