अमेरिका-इजरायलको आक्रमणमा परी इरानमा मृत्यु हुनेको संख्या ७८७ पुग्यो
खबर एक्सप्रेस
२०८२-११-१९ ०८:३९ मा प्रकाशित
Total Shares: 41
काठमाडौं - अमेरिका-इजरायल आक्रमणबाट इरानमा मृत्यु हुनेको संख्या ७८७ पुगेको छ। इरानको रेड क्रिसेन्ट सोसाइटीका अनुसार अमेरिका र इजरायलले शनिबारदेखि आक्रमण सुरु गरेयता इरानमा ७८७ जनाको ज्यान गएको छ।
अमेरिकामा आधारित मानवअधिकार संस्था ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान (एचआरएएनए)’ले ७४२ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ, जसमा १७६ बालबालिका पनि समावेश छन्।
इरानी संसदको स्वास्थ्य आयोगकी सदस्य फातेमा मोहम्मदबेइगीले सोमबार इरानका नौ वटा अस्पताललाई निशाना बनाइएको दाबी गर्दै इजरायल र अमेरिकामाथि अस्पताल लक्षित आक्रमण गरेको आरोप लगाएकी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस