काठमाडौं - नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनाल बुधबार दार्चुला पुगेका छन् ।

कालापानी नजिकै रहेको अस्थायी क्याम्प र सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्न उनीहरु बुधबार त्यहाँ पुगेका हुन् ।

दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो। दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षणसमेत गर्नेछन् ।