काठमाडौं -  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा मागेका छन् ।

मंगलवार काठमाडौंको भृकुटीमण्डपमा नेकपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्षमा मागेका हुन् ।

ओली संघीयता, धर्मनिपरपेक्षताविरोधी भएको उनको भनाई छ । 'ओली सच्चिए होलान् भन्ने लागेको थियो तर ओलीलाई बुझ्न ढिलो भयो ।' प्रचण्डले भने, 'कम्युनिस्ट पार्टीको अध्यक्षबाट यस्तो हुन्छ भन्ने सपनामा पनि सोचेको थिइन् ।'

ओली निरंकुश तानाशाह रहेको र उनले देशलाई भड्खालो हाल्न चाहेको उनको आरोप छ ।