जर्मनीद्वारा नेपाललाई साढे ४१ लाख डोज खोप प्रदान
काठमाडौं - जर्मन सरकारले नेपाललाई साढे ४१ लाख डोज मोडर्ना र जोन्सन खोप प्रदान गरेको छ। कोभिड– १९ महामारीविरुद्ध नेपाललाई मोडर्ना र जोन्सन एन्ड जोन्सन गरी सो परिमाणमा खोप नेपाललाई प्रदान गरेको हो।
जर्मनीका राजदूत स्टेफन रुसेकले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई मोडर्ना र जोन्सनको ४१ लाख ४२ हजार २५० डोज खोप प्रदान गरे। कोभ्यासमार्फत सो परिमाणको खोप नेपालले प्राप्त गरेको हो।
मोडर्ना खोप पुस ४ देखि देशभरका १२ देखि १८ वर्ष सम्मका करिब १८ लाख बालबालिकालाई लगाइने भएको छ। एक डोज मात्र लगाए पुग्ने जोन्सन खोपको ७ लाख १९ हजार ६५० डोज पनि काठमाडौँ आइपुगेको छ। २१ लाख ७६ हजार जोन्सन खोपमध्ये यो पहिलो खेप नेपाल आएको हो। यसअघि आइतबार १९ लाख ६५ हजार ६०० डोज खोप नेपाल आइसकेको छ।
फेसबुक पेज Like गर्नुहोस