बालुवाटार घेर्न हिँडेका नागरिक अगुवामाथि पानीको फोहोरा
खबर एक्सप्रेस
२०७७-१०-१२ ०५:५८ मा प्रकाशित
Total Shares: 576
काठमाडौं - प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ।
अभियन्ताहरुले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ। केहि अभियन्ताहरु घाइते भएका छन्।
सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।
फेसबुक पेज Like गर्नुहोस