बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
खबर एक्सप्रेस
२०८२-०१-१५ ०७:०८ मा प्रकाशित
Total Shares: 33
काठमाडौं-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सोमबार साँझ बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति लगायतका विषयमा छलफल हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौँमा २६ दिनदेखि जारी शिक्षक आन्दोलनका माग सम्बोधनबारे सरकारले कुनै निर्णय गरेको छैन । गभर्नर नियुक्तिमा गठबन्धन दल कांग्रेस र एमालेबिच विवाद उत्पन्न भएको थियो ।
यद्यपि शनिबार बालुवाटारमा बसेको कांग्रेस र एमालेका शीर्ष नेताहरूबिच सहमति भएको बुझिएको छ । यस्तै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकको नियुक्तिबारे निर्णय हुनसक्ने सचिवालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस