सत्तापक्ष र विपक्षको अडानले कानुन निर्माण प्रक्रिया नै प्रभावित : सभामुख घिमिरे
खबर एक्सप्रेस
२०८२-०२-२४ १२:२० मा प्रकाशित
Total Shares: 29
काठमाडौं-सभामुख सभामुख देवराज घिमिरेले संसद नचल्दा कानुन निर्माण प्रक्रिया प्रभावित भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोशिएसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदै चल्न नसक्ने परिस्थिति निर्माण भइरहेको बताए ।
कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने संस्थालाई जवाफदेही बनाउनु पर्ने बताउँदै उनले भने, ‘संसद नचलेकै कारण संघीय निजामती सेवा सम्बन्धी ऐन, विद्यालय शिक्षा विधेयक अड्किएर बसेको छ ।’
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिदासम्म सदन चल्न नदिने विपक्ष दलको अडान र राजीनामा दिनुनपर्ने सत्ता पक्षको अडानका कारण विगत केहीदिनदेखि संसद वन्धक वन्दै आएको छ ।
फेसबुक पेज Like गर्नुहोस