महाधिवेशन मंसिर २ गते गर्ने ओली समूहको निर्णय
खबर एक्सप्रेस
२०७७-०९-०७ ०१:२२ मा प्रकाशित
Total Shares: 754
काठमाडौं - सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ गते महाधिवेशन हुने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको छ भने बिहीबार ९ गते महाधिवेशन आयोजक कमिटीको पहिलो बैठक बोलाइएको छ ।
बैठकले तत्काल ५५६ जना थप गरी र बाँकी १९७ जना थप गर्न सक्नेगरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेको छ।
फेसबुक पेज Like गर्नुहोस