सुनको मूल्य ९० हजार नजिक
खबर एक्सप्रेस
२०७७-०३-०३ ०२:१५ मा प्रकाशित
Total Shares: 418
काठमाडौं - नेपाली बजारमा सुनको मूल्य ९० हजार नजिक पुगेको छ।मंगलबार सुन तोलाको ८९ हजार ८ सय रुपैयाँ पुगेको छ।यो अहिलेसम्मकै उच्च मूल्य हो।
यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३६५ कायम गरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।चाँदीको भने तोलाको ९३० रुपैयाँ तोकेको छ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउनका कारण यो क्षेत्र पनि प्रभावित भएको छ। महासंघका अनुसार हाल भइरहेको नेपाली मुद्राको अवमूल्यन र राजश्व अभिवृद्धिले सुनको मूल्य थप उच्च बिन्दुमा पुगेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस