सरकारविरूद्ध काठमाडौंमा जसपाको प्रदर्शन
खबर एक्सप्रेस
२०७७-०९-१२ ०१:२५ मा प्रकाशित
Total Shares: 406
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आज प्रदर्शन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी परिषद अध्यक्ष उपेन्द्र यादवलगायत दलका नेताहरू प्रदर्शनमा सहभागी छन्।
र्याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू शान्तिबाटिकामा कोणसभामा पुगेका छन्। शीर्ष नेताहरूले यो कोणसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भएको भन्दै जसपाले पुस ८ गतेदेखि नै प्रदर्शन गरिराखेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस